विराटनगरले भित्र्यायो क्यानडाका तिब्र गतिका बलर

0
100

काठमाडौं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपीएल) का लागि बिराटनगर वारियर्सले क्यानाडाका दायाँ हाते बलर रेयनखान पठानलाई अनुबन्ध गरेको छ ।
बुधबार बिराटनगरले सामाजिक सञ्जालमार्फत पटानलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

बिराटनगरले उनलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेकोे हो । यसअघि बिराटनगरले जिम्बावेका सिकन्दर राजालाई अनुबन्ध गरिसकेको छ ।

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग असोज ९ गतेबाट २३ गतेसम्म चल्नेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।

टियु मैदानमा हुने खेलमा नेपालका ६ शहरका फ्रेन्चाइज टिमको सहभागिता रहने यस लिगको खेल तालिका आज मात्र सार्वजनिक भएकोमा विराटनगरको पहिलो खेल १० असोजमा चितवन टाईगर्स विरुद्ध रहेको छ।

२०१७को दोस्रो संस्करणको ईपीएलमा विजेता टिम रहेको बिराटनगर वारियर्स गत संस्करणको लिगमा भने खराब रहेको थियो जसले ५ खेल मध्ये २ खेलमा जित ३ खेलमा हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।

चौथो संस्करणको विजेताले ५० लाखको धनराशि पाउनेछन् भने उपविजेता टोलीले १५ लाख हात पार्नेछ।

Spread the News
  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi