विश्वकपमा भारत पाकिस्तानको खेल सहित आज दुई खेल हुदै

0
78

काठमाडौं। गत साताबाट सुरु ७ औं संस्करणको टि ट्वान्टी विश्वकपमा हिजोबाट सुरु सुपर १२ का खेलमा आज पनि दुई महत्वपुर्ण खेलहरु हुदैछन्। पहिलो चरणबाट सुपर १२ मा छनोट हुने देशहरुको तय भएपश्चात नै सुपर १२ का खेलहरु सुरु भएको थियो।

आज नेपाली समयानुसार दिउसो ३:४५ मा पहिलो चरणबाट समुह ए को शिर्ष स्थानमा रहदै सुपर १२ मा पुगेको श्रीलंका तथा समुह बि बाट दोस्रो स्थानमा रहदै सुपर १२ मा पुगेको बंगलादेश बिचको खेल सारजाहमा हुनेछ। दुवै टोली जित सहित प्रतियोगिताको सुरुवात गर्न चाहन्छन्। यसै समुहमा रहेको इंग्ल्याण्डले वेस्टईण्डिजमाथी ऐतिहासिक जित हात पार्दै शिर्ष स्थानमा रहदा अस्ट्रेलिया पनि दक्षिण अफ्रिका माथी जीत निकाल्दै दोस्रो स्थानमा रहेको छ।

आज नै साझ ७:४५ मा हुने दोस्रो खेलमा सधै झै यस संस्करणमा पनि बहुप्रतिक्षित रुपमा रहेको भारत र पाकिस्तानको खेल दुबईमा हुदै छ। यस अघि टि ट्वान्टी विश्वकपमा ५ पटक यि दुई टिमको भेट भएकोमा ५ पटक नै भारत विजयी भएतापनि यस पटक पाकिस्तान टिम राम्रो लयका साथ प्रतियोगितामा आएका कारण यस खेल प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

नोभेम्बर १४ सम्म हुने यस विश्वकपमा १६ टोली सहभागी रहेका छन्।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरेकामा बंगलादेश, श्रीलंका, स्कटल्याण्ड्स र नामिबियाले सुपर १२ मा स्थान बनाएका छन् ।

सुपर १२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता स्कटल्याण्ड र समूह ‘ए’ को उपविजेता नामिबिया यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता श्रीलंका र समूह ‘बी’ को उपविजेता बंगलादेश यस समूहमा रहने छन् ।

यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन वेस्टईण्डिज हो।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi