वुनेन्स इमर्जिङ क्रीकेट सिरिजको लागि कोहलपुर क्रीकेट एकेडेमीको टिमको घोषणा

0
264

फागुन ६,काठमाडौ।कैलाली जिल्ला क्रीकेट संघसँगको महिला टिमसँग हुने २ एकदिवसीय तथा २ टी-२० सिरिजको लागि कोहलपुर क्रीकेट एकेडेमीले आफ्नो अन्तिम टोलिको घोषणा गरेको छ।कोहलपुर क्रीकेट एकेडेमीले कैलाली जिल्ला क्रीकेट संघको महिला टिमसँग हुने सिरिजको लागि वर्षा रानाको कप्तानीमा आफ्नो टिमको घोषणा गरेको हो।

त्यस्तै टिमको उपकप्तानी आश्मा पुलामी र विकेटकिपरमा मोनिका राना रहेका छन।अन्य खेलाडीहरुमा सरु पुन,एलिसा केसी,मनिषा राना,यमुना चौधरी,अन्शु शाक्य,जिज्ञासा थापा,जमुना राना,शृशा सिङ ठकुरी रहेका छन।त्यस्तै अन्य खेलाडीहरुमा एन्जिला थापा,बिना गाहा,दिक्षिता पौडेल,खिना केसी,एन्जिला पाठक र सुजिता बोगटी रहेका छन।

केसिएले फागुन ९ देखि ११ सम्म केडिसिसीसँग एकदिवसीय सिरिज खेल्नेछ।एकदिवसीय तथा टि२० खेल फागुन ९ देखि ११ सम्म आयोजना हुनेछ।फागुन ९ देखि सुरु हुने सिरिजमा २ एकदिवसीय र २ टि२० खेलहरु आयोजना हुनेछन।सिरिज अन्तर्गत फागुन ९ र १० गते एकदिवसीय तथा ११ गते दुई टि२० खेलहरु सञ्चालन हुनेछ।

उक्त सिरिजलाई वुमेन्स इमर्जिङ क्रीकेट सिरिज २०७७ नाम दिइएको छ।सिरिज कोहलपुर क्रीकेट मैदाममा सञ्चालन हुनेछ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi