वेल्स अन्तिम १६ नजिक

0
111

एजेन्सी।युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को खेलमा वेल्सले टर्कीलाई पराजित गरेको छ ।बुधबार भएको खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गरेको हो।

खेलको ४२ औं मिनेटमा आरोन राम्सीले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए।खेलको ६० औं मिनेटमा बेलले पेनाल्टी मिस गरेपछि वेल्सले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो। इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे।

जितपछी वेल्सले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।वेल्स २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा छ। त्यस्तै इटाली ३ अंकसहित दोस्रो र स्विट्जरल्यान्ड १ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित टर्की पुछारमा छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi