वेष्ट इन्डिजलाई दुई खेल अगावै टि२० सिरिज

0
227

एजेन्सी।घरेलु टोली वेष्ट इन्डिजले दुई खेल अगावै अष्ट्रेलिया बिरुद्वको टि२० आई सिरिज जितेको छ।मंगलबार बिहान भएको तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै वेष्ट इन्डिजले दुई खेल अगावै टि२० आई सिरिज जितेको हो।

अष्ट्रेलियाले दिएको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । वेस्ट इन्डिजका क्रिस गेलले ३८ बलमा ४ चौका र ७ छक्का सहित ६७ रन जोडे।कप्तान निकोलस पुरन २७ बलमा ४ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे । 

बलिङतर्फ अष्ट्रेलियाका राइली मेरिडिथले ३.५ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । अष्ट्रेलियाका मोइजेस हेनरिक्सले २९ बलमा २ छक्का सहित सर्वाधिक ३३ रन जोडे । एश्टन टर्नर २२ बलमा २ चौका सहित २४ रनमा आउट भए ।त्यस्तै कप्तान एरन फिन्चले ३०,म्याथ्यु वेडले २३ र एलेक्स केरीले १३ रन जोडे।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ वेस्ट इन्डिजका हेडेन वाल्श जुनियरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभो, फबिएन एलेन र ओबेद म्याककोयले एक एक विकेट लिए ।

जितपछी वेष्ट इन्डिजले पाँच खेलको टि२० आई सिरिजमा ३-० को अग्रता लिएको छ्मपहिलो खेलमा वेस्ट इन्डिज १८ रन र दोस्रो खेलमा ५६ रनले विजयी भएको थियो । चौथो खेल बिहिबार हुनेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi