सगरमाथा कप : एपीएफको विजयी सुरुवात

0
37

काठमाडौं । पहिलो संस्करणको सगरमाथा कप टी२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

बुधबार विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २ विकेटले हराएको हो ।

आर्मीले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको एपीएफले ३ बल बाकीँ रहदै भेट्यो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

एपीएफका लागि सुमित महर्जनले १५ बलमा ४ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । पुरन विकले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रन बनाए । विपिन खत्रीले १३ बलमा १ चौकाको सहयोगमा अविजित १६ रन बनाए । लोकेश बमले १६ रनको योगदान गर्दा आयुष्मान बमले १३ रन जोडे । सुन्दीप जोराले ११ तथा प्रदिप ऐरीले १० रन बनाए ।

एपीएफका हरि चौहानले ४ तथा बासिर अहमदले २ विकेट आफ्नो नाम गरे । बिक्रम सोब र शुसन भारीले समान १र१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

आर्मीका लागि कुशल मल्लले ३२ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४९ रन बनाएका थिए । सचिन शर्माले ३० रन जोड्दा बिक्रम सोबले २० रनको योगदान गरेका थिए । हरि चौहान र भिम सार्कीले ११/११ रन बनाउँदा कप्तान विनोद भण्डारी ८ रनमा अविजित रहेका थिए ।

एपीएफका लागि कमल सिंह ऐरीले २ तथा विपिन खत्रीले १ विकेट लिएका थिए ।

प्रतियोगितामा २ भारतीय टोली, ३ विभागीय तथा १ आयोजक टोली सहित ६ टोलीको सहभागीता रहेको छ । प्रतिगोगितामा विभागिय टोलीहरु नेपाल एपीएफ क्लब,नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, ईस्ट सेन्ट्रल रेल्वे, ध्रुव क्रिकेट एकेडेमी र आयोजक प्रदेश-१ को सहभागीता रहेको छ । प्रदेश एक क्रिकेट संघको आयोजनामा जारी यस प्रतियोगिताको मंसिर १७ मा फाईनल खेल रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi