सगरमाथा कप टी-२० क्रिकेटमा पुलिसको पहिलो जित

0
26

काठमाडौं । पहिलो संस्करणको सगरमाथा कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

बिहिबार विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९ रनले हराउँदै पहिलो जित निकालेको हो ।

पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन मात्र बनायो । आर्मीका लागि सचिन शर्माले ४० बलमा ३६ रन जोड्दा भिम सार्कीले १६ रन बनाए । बासिर अहमद १६ रनमा अविजित रहँदा प्रतिश जिशीले ११ रन बनाए । आर्मीका ९ ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

पुलिसका लागि रशिद खानले ३ तथा रुपेश सिंहले २ विकेट लिए ।सुर्य तामाङ,योगेन्द्र सिंह कार्की र दीपेन्द्र रावतले समान १र१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । पुलिसका लागि पवन सरार्फले २५ बलमा ३१ रन तथा अमित श्रेष्ठले ३२ बलमा २६ रन बनाएका थिए । योगेन्द्र सिंह कार्कीले १७ तथा सुनिल धमलाले १२ रन जोडेका थिए ।

आर्मीका लागि अभिनाश कर्ण,सुशन भारी र बिक्रम सोबले समान २र२ तथा बासिर अहमद र प्रतिस जिसीले समान १र१ विकेट लिएका थिए ।

पहिलो जित हात पारेको पुलिस २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको आर्मी चौथो स्थानमा रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi