सञ्जु स्यामसनको कीर्तिमानी शतकको बाबजुद राजस्तान पराजित

0
176

एजेन्सी।इन्डियन प्रीमियर लिग (आइपिएल) मा कप्तान सञ्जु स्यामसनले कीर्तिमानी शतकको बाबजुद राजस्तान रोयल्स पराजित भएको छ।मंगलबार राती भएको खेलमा राजस्तान रोयल्स पन्जाव किंग्ससँग ४ रनले पराजित भएको हो।

पन्जावले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रनमा समेटियो।राजस्तानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्काको मदतमा ११९ रनको शतकीय इनिङ खेलेपनी टोलीलाई जिताउन सकेनन।स्यामसन आइपिएलको डेब्यु कप्तानीमै शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन।

त्यस्तै रियन पराग र जस बटलरले २५/२५,शिभम दुवेले २३ र मनन बोहोराले १२ रन जोडे।बलिङतर्फ पन्जावका अर्शदीप सिङले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। मोहम्मद सामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।झे रिचार्डसन र राइली मेरेडिथको नाममा १/१ विकेट रह्यो।

त्यसअघि वानखडे स्टुडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावल्व निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन जोडेको थियो।पन्जावका कप्तान के एल राहुल ५० बलमा ७ चौका र ५ छक्काको मदतमा ९१ रनमा आउट भए।दिपक होड्डा २८ बलमा ४ चौका र ६ छक्काको मदतमा ६४ रनमा आउट भए।त्यस्तै क्रीस गेलले ४० र मयंक अग्रवाकले १४ रन जोडे।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ राजस्तानका चेतन सकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए।क्रीस मोरिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए।रियन परागको नाममा १ विकेट रह्यो।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi