सन्दिपको एकदिवसिय वरियताक्रममा छलाङ

0
126

काठमाडौ।अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसिसि)ले जारी गरेको एकदिवसिय बलिङ बरियतामा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने ठुलो फड्को मारेका छन्।

एक साता अघि जारि गरेको वरियतामा पहिलो पटक शिर्ष सय भित्र अटाएका उनी नयाँ वरियतामा ९१ औं स्थानबाट १२ स्थान उक्लंदै ७९ औं स्थानमा पुगेका छन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडीसमेत हुन्।

वरियतामा सन्दिपसंगै ७९ औं स्थानमा बंगलादेशका तिब्र गतिका बलर रुबेल हुसेन रहेका छन्। नेपाली स्पिनर लामिछानेले भारतका हार्दिक पान्ड्यालाई समेत पछि पारेका छन् जो ८२ औं स्थानमा रहेका छन्।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस्तै सन्दिपले अस्ट्रेलियाका मिचेल मार्श(८४ ), मार्कस स्टोइनिस(८६), ओमानका जिशान मक्सुद(८६) र बिलाल खान(९०), न्युजिल्यान्डका कायल जेमीसन(९७), वेस्टइन्डिजका ओशेन थोमसलाई(९६)पनि पछि पारेका छन्।

वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दिप तेश्रो स्थानमा रहेका छन्। उनले यो वर्ष ६ खेल खेल्दा ५ इनिंग्समा बलिंग गर्दै १८ विकेट लिईसकेका छन्।

उनि भन्दा अघि श्रीलंकाका दुश्मन्था चमिरा ( २० ) र आयरल्याण्डका सिमि सिंह ( १९ ) मात्र रहेका छन्। बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दिपको समान १८ विकेट लिएका छन्।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi