सन्दिपको टिमलाई मध्यम लक्ष्य : सन्दिपको राम्रो प्रदर्शन

0
70

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेटमा आज आफ्नो दशौं खेलमा ब्रिसवन हिटबाट १४५ रनको लक्ष्य पाएको छ।

टस जितेर फिल्डिङ रोजेको होबार्टले हिटलाई निर्धारित ओभर ८ विकेट लिएर १४४ रनमा रोकेको थियो। हिटका लागि लचलान पिफेरिले ६९ रनको पारी खेल्दा होबार्टका लागि नेपाली कप्तान समेत रहेका लेगस्पिनर सन्दिप लामिछानेले २ विकेट लिए।

समान ९ खेलेको र ३ जितका साथ तालिकाको छैठौ स्थानमा रहेको ब्रिसबन हिटले ४ जित सहित अंक तालिकाको चौथो स्थानको टोली हरिकेन्ससॅंग प्रतिस्पर्धा गर्दै छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सन्दिपको टिम पछिल्लो खेलमा पराजित भएको थियो। अघिल्लो खेलमा २ विकेट सहित किफायती बलिङ गर्न सफल सन्दिपको प्रदर्शन राम्रो रहेको थियो ।

यसै लिगको पहिलो भेटमा भने होबार्ट ब्रिसवेनसॅंग पराजित भएको थियो।
यस खेलमा ब्रिसवेन पहिलो रोजाईका खेलाडी बिना नै मैदान उत्रदा टिम कोरोनाको सिकारमा फस्दै छ।

सन्दिपले यो दोस्रो संस्करण होबार्टबाट खेल्न लागेका हुन् ।सन्दीपले गत संस्करण होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।यस संस्करण सन्दिपले ९ खेलमा मात्र ८ विकेट हात पारेका छन्।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

८ टोली सहभागी यस प्रतियोगिता जनवरी २६ सम्म जारी रहनेछ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi