सन्दीप आबद्व होबार्टको फराकिलो जित:सन्दीपको उत्कृष्ट प्रदशन

0
101

एजेन्सी।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्व टिम होबार्ट हुरिकेन्सले मेलवर्न रेनगेड्सलाई पराजित गरेको छ।बुधबार सम्पन्न दोस्रो खेलमा होबार्टले रेनगेड्सलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

होबर्टले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको रेनगेड्स १५.५ ओभरमा १ सय २१ रनमा समेटिन पुग्यो।रेनगेड्सका ओपनर सेम हार्परले ३५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए।अन्य ब्याट्सम्यानले राम्रो प्रदशन गर्न सकेनन।ज्याक फ्रेसर म्याकगुर्कले २१,रेस टोप्लेले अविजित १४ र ज्याक प्रेस्टवेजले १० रन जोडे।

बलिङतर्फ होबार्टका टोम रोगर्सले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए।सन्दीप लामिछानेले ३.५ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।राइली मेरेडिथ र नाथन इलिसको नाममा एकएक विकेट रह्यो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो।होबार्टका ओपनर बेन म्याकडर्मोटले ६५ बलमा ९ चौका र ९ छक्कासहित सर्वाधिक १ सय २७ रनको योगदान दिए।म्याकडर्मोटको बिबिएलमा यो लगातार दोस्रो शतक हो।योसँगै उनी बिबिएलमा लगातार दुई खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन।टिम डेभिड ९ बलमा १ चौका र ४ छक्कासहित ३० रनमा अविजित रहे।

बलिङतर्फ रेनगेड्सका रेस टोप्लेले २ विकेट ओइए।ज्याक प्रेस्टविज र कप्तान निक म्याडिन्सनको नाममा एकएक विकेट रह्यो।

यस्तो रह्यो सन्दीपको बलिङ
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।योसँगै उनले पछिल्लो तीन खेलको विकेट विहीनको खडेरी तोडेका छन।

होबार्टले सन्दीपलाई छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बलमै ज्याक फ्रेजरलाई दुई रन दिए । दोस्रो, तेस्रो र चौथो बलमा एक एक रन दिए । पाँचौं बलमा साम हार्परले दुई रन लिदा अन्तिम बलमा छक्का प्रहार गरे ।

आठौं ओभरको पहिलो बलमा हार्परले एक रन लिए । दोस्रो बलमा फ्रेजरलाई आउट पारे। योसँगै सन्दीपको तेस्रो बलमा हार्परलाई एक रन दिए । चौथो बलमा मोहम्मद नाबीले डट खादा पाँचौं बलमा दुई रन लिए । अर्क्क बल वाइड फ्याल्दा अन्तिम बलमा मोहम्मद नाबीलाई आउट पारे ।

दशौं ओभरको पहिलो बलमा सन्दीपले ज्याक प्रेस्टविजलाई डट र दोस्रो बलमा एक रन दिए। तेस्रो बलमा हार्परले चौका प्रहार गरे । बाँकी तीन बलमा सन्दीपले एक एक रन खर्चिए ।

१६ औं ओभरको पहिलो बलमा टोपलेले सन्दीपलाई चौका प्रहार गरे । दोस्रो बलमा डट र तेस्रो बलमा एक रन दिए । चौथो बलमा जाहिर खानले दुई रन लिदा पाँचौं बलमा आउट गरे ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi