सहज जितसँगै नेपालको सुखद सुरुवात

0
268

नेपाली राष्ट्रिय यू–२० फुटबल टोलीले यू–२० साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

माल्दिभ्सविरुद्ध नेपाललाई जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

दिपेशले नेपालका लागि ४२औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi