सातदोबाटोको ऐतिहासिक जित : मनाङलाई उपाधी होडमा धक्का

0
74

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।

आज भएको दिनको दोस्रो खेलमा मनाङ नवप्रवेशी सातदोबाटो युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे ।मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

आकाश बुढा मगरको कर्नरमा सुदिप गुरुङले उपलब्ध गराएको हेड पासमा मार्टिनले हेडमार्फत सहजै गोल गरे ।

खेलको ३८ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई २-० गोलको अग्रता दिलाए । प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्सले हेड मार्फत सहज गोल गरे ।

खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २-१ को स्थितिमा ल्याए । पुजन उपरकोटीको कर्नरमा सातदोबाटोका डिफेन्डरले बल क्लियर गर्न नसक्दा उनले सहजै गोल गरे ।

खेलको इन्जुरी समयमा मनाङका कप्तान अन्जन विष्टको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र मनाङ सातदोबाटोसँग स्तब्ध भयो ।

सातदोबाटोले कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई पहिलो पल्ट हराएको हो । यस जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ ।सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ ।

मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।सातदोबाटोसँगको हारसँगै मनाङको उपाधि होड समेत कमजोर बनेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi