सातदोबाटो माथी जावलाखेलको सानदार जीत

0
128

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।

सोमबार भएको ललितपुर ड्रर्बी खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।

जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जावलाखेलले दुई गोल गरेको थियो ।
खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ ।सातदोबाटोले ६ खेलमा ८ अंक रहेको छ ।खेलको म्यान अफ दि म्याच जावलाखेलमा ओन्गुना जुनियर चुनिए ।
जावलाखेलकै रुप बहादुर लामा इमर्जिङ प्लेयर बने ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi