सिजनको पहिलो एल क्लासिको आज, कस्ले मार्ला बाजि ?

0
63

एजेन्सी । स्पेनिस ला लिगामा आज जारी सिजनको पहिलो एल क्लासिको हुँदै छ । नेपाली समयअनुसार राति ८ बजेबाट सुरु हुने उक्त बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । उक्त खेल युइएफए यूरोपियन च्याम्पियनसिपको फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय फुटबल खेल हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउयमा हुने उक्त एल क्लासिकोमा दुवै टिम एक–अर्कामाथि जित दर्ता गर्दै आफूलाई बलियो सावित गर्ने दाउमा हुनेछन् । कार्लो एन्सेलोट्टी नेतृत्वको रियल जारी सिजन शीर्ष स्थानमा छ भने रोनाल्ड कोइम्यानको टिम बार्सिलोना रियलभन्दा दुई अङ्कले पछाडि परेको छ ।

आजको खेलमा रियल मड्रिड शीर्षताको खोजीमा छ । हाल ऊ १७ अङ्कसहित तेस्रो स्थानमा छ । रियलले आठ खेल खेलेको छ । यता, बार्सिलोना भने १५ अङ्कका साथ आठौँ स्थानमा छ । आज रियलमाथि जित दर्ता गर्दै बार्सिलोना शीर्ष क्लबविरुद्धको अङ्क दुरी घटाउने योजनामा छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

अघिल्ला सिजनहरूमा बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त ‘एल क्लासिको’लाई एक प्रतीक्षित खेलका रूपमा हेरिन्थ्यो । यसलाई समर्थकहरूले एउटा खेलमात्र नभई प्रतिष्ठाको लडाइँका रूपमा मान्थे । तर स्टार खेलाडीहरूले स्पेन छोडेसँगै यसको महत्त्व घटेको आँकलन गरिन्छ ।

हालसम्म बार्सिलोना र रियलबीच २ सय ४६ खेल भएको थियो । जसमध्ये रियले ९८ ले र बार्सिलोनाले ९६ खेल जितेको थियो । ५२ खेल भने बराबरीमा टुंगिएको थियो । गत सिजन भने बार्सिलोनाले रियललाई हराउन सकेन । क्याप नोउमा भएको पहिलो खेलमा ३–१ ले विजयी भएको रियलले अल्फ्रेडो डि स्टेफानोमा २–१ को जित निकालेको थियो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi