सेन्ट किट्सको लगातार चौथो जित

0
84

एजेन्सी।क्यारेबियन प्रीमियर लिग(सिपिएल) मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले लगातार चौथो जित निकालेको छ।बिहीबार बिहान भएको खेलमा जमैका तलावाजलाई ६ विकेटले पराजित गर्दै प्याट्रियट्सले लगातार चौथो जित निकालेको हो।

जमैकाले दिएको १६७ रनको लक्ष्य प्याट्रियट्सले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।प्याट्रियट्सका शेरफान रथरफोर्ड २६ बलमा २ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे।फाबियन आलेन १२ बलमा २ चौका र ३ छक्कासहित ३० रनमा अविजित रहे।ओपनर इभेन लुइस २७ बलमा २ चौका र ४ छक्कासहित ३९ रनमा आउट भए।

बलिङतर्फ जमैका फिडेल एडवार्ड्स,मिगेल प्याट्रियट्स,आन्द्रे रसेल र कप्तान रोभम्यान पावेलले १/१ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन जोडेको थियो।जमैका कार्लोस ब्रेथवेटले १६ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन जोडे।त्यस्तै चाडविक वाल्टनले २६,कप्तान रोभम्यान पावेलले २४,मिगेल प्याट्रियट्सले १५,शमराह ब्रुक्सले १४ र केन्नार लुइसले १३ रन जोडे।

बलिङतर्फ प्याट्रियट्सका कप्तान ड्वेन ब्राभोले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए।डोमिनिक ड्रीक्स र पौल भान मीक्रेनले २/२ विकेट लिए।शेल्डन कोटरेलको नाममा १ विकेट रह्यो।

Spread the News
  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi