हाम्रो क्रिकेट अहिले शुन्यमा रहेकोले टेस्ट मान्यता ठुलो कुरा हो

0
392

तपाईको सोचमा तपाईको परिवारको पुर्ण समर्थन मिलेमा तपाई जस्तो जुकै समस्या र व्यवधानलाई पन्छाउन सक्नु हुन्छ।यस्तै मा आउने नाम हो नेपाल अन्डर नाईन्टिन राष्ट्रिय टोलीका पुर्व सदस्य अभिसेक बस्नेत।

क्रिकेटलाई जेन्टलम्यानको खेल मान्ने अभिसेकका लागि यो खेल आफैमा अनुसासित र सम्मानित खेल हो।

२०५८ मंसिर २५ गते झापाको काकरभित्तामा जन्मिएका बस्नेत उमेर समुहको राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य रहने सम्मको यात्रा आफैमा कठिन देखिन्छ।

मेहनत र परिश्रमबाट नै हरेक क्षेत्रमा सफल भईने हुदाॅं मेहनत र परिश्रम निरन्तर प्रवाह गर्न म निरन्तर लागि रहने छु।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सानै उमेर देखि पारस , धोनी , कोहलीको क्रिकेट हेर्दै हुर्कनेहरुको बिचमा अभिसेक पनि एक पर्दछन्।उनको आदर्श खेलाडिको बारेमा राखिएको जिज्ञासामा उनी भन्छन् “भारतिय राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा उपकप्तान रोहित शर्मा मेरा आदर्श खेलाडी हुन्।म पनि माथिल्लो क्रममा ब्याटिङ गर्दै उनी जस्तै टिमको मजबुत पक्ष बन्न चाहान्छु”

पहिले माईतीघर बस्ने उनी क्रिकेट सिक्नका लागि आधा घण्टाको बसको यात्रा पार गर्दै सिनामंगलसम्म पुग्दथे। अन्डर नाईन्टिन टोलीसॅंग रहदा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटरहरुसॅंग ड्रेसिंग रुम सेयर गर्न पाउदा धेरै कुराहरु सिकेको उनी बताउछन्।

“हाम्रो क्रिकेटको स्तर कति सम्म माथी पुग्छ या तल जान्छ भन्ने कुरा हाम्रो क्रिकेट बोर्डमा नै निर्भर रहन्छ।खेलाडीले त जस्तो सुकै स्थितिमा पनि क्रिकेटलाई छोडेका छैनन्” अल स्पोर्टस् नेपालसॅंगको कुराकानीका क्रममा अभिसेकले बताए।

राष्ट्रिय टोलीमा पुगी देशको प्रतिनिधित्व गर्न मिहेनत , परिश्रम र निरन्तरता उतिकै आवश्यक ठान्ने अभिनवको लक्ष्य राष्ट्रिय टोलिमा रहि विश्वकप खेल्नु रहेको छ।

पछिल्लो समय नेपालले केहि दशकमा टेस्ट मान्यता पाउछ भन्ने कुरा सुनिरहदा अभिसेक भन्छन् “टेस्ट मान्यता भन्न सजिलो रहेतापनि पनि पाउन निकै कठिन बिषय हो।यसका लागि आवश्यक न्युनतम कुरा नै घरेलु संरचना हो जुन हाम्रोमा शुन्य प्राय: रहेको छ।यसलाई मजबुत बनाउनु अति नै आवश्यक छ।”

नेपाल क्रिकेट संघ नयाॅं आएको कारण नेपाली क्रिकेटका लागि ठुलो आशा राख्न सकिन्छ; हेरौ यसमा उहाॅंहरु कतिको सफल रहनु हुन्छ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi