हिटसँग हुरिकेन्स पराजित:सन्दीपको मध्यम प्रदशन

0
82

एजेन्सी।बिग ब्यास लिग(बिबिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्व टिम होबार्ट हुरिकेन्स पराजित भएको छ।शनिबार सम्पन्न पहिलो खेलमा हुरिकेन्स ब्रिसवेन हिटसँग १४ रनले पराजित भएको हो।

हिटले दिएको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हुरिकेन्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रनमा समेटिन पुग्यो।हुरिकेन्सका टोम रोगर्स २० बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे।
डार्सी सर्ट २७,ह्यारी ब्रुक २२,नाथन इलिस १८ र पिटर ह्यान्डसकम्ब १४ रनमा आउट भए।

बलिङतर्फ हिटका सैभर बर्टलेटले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए।मुजिब उर रहमानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।मार्क स्टेकेटीको नाममा एक विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङ थालेको हिटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो।हिटका जेम्श बज्ली २७ बलमा ३ चौका र २ छक्कासहित ४४ रनमा अविजित रहे।ज्याक विल्डरमुथ २८,सेम हेजलेट २६,क्रिस लिन १३ र मार्क स्टेकेटी १० रनमा आउट भए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ हुरिकेन्सका नाथन इलिसले सर्वाधिक ३ विकेट लिए।टोम रोगर्सले २ विकेट लिए।सन्दीप लामिछाने,राइली मेरेडिथ र जोर्डन थोम्पसनको नाममा एकएक विकेट रह्यो।

यस्तो रह्यो सन्दीपको चार ओभर:
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले हिटबिरुद्व औसत प्रदशन गरे।उनले ४ ओभरमा ३७ रन खर्चेर एक विकेट लिए।

होबार्टले सन्दीपलाई सातौ बलमा बलिङमा ल्याएको थियो।पहिलो र दोस्रो बलमा सन्दीपले सेम हेजलेटलाई डट राखे।तेस्रो बलमा चौका प्रहार गरेका हेजलेटले चौथो बलमा एक रन लिए।पाचौ बलमा म्याक्स ब्रियन्टले एक रन लिदा अन्तिम बलमा हेजलेटलाई डट राखे।

दशौ ओभरमा ब्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा सैभर ब्रटलेटले एक रन लिदा दोस्रो बलमा हेजलेटले चौका प्रहार गरे।तेस्रो र चौथो बलमा हेजलेट र ब्रटलेटले एकएक रन लिए।पाचौ बलमा हेजलेटलाई डट राख्दा अन्तिम बलमा एक रन लिए।

१५ औं ओभरमा तेस्रो ओभर लिएर आएका सन्दीपले पहिलो तीन बलमा एकएक रन दिए।चौथो बलमा जेम्स बज्लीले डट खेले।त्यसपछिका दुई बलमा एकएक रन लिए।

१८ औं ओभरमा अन्तिम ओभर लिएर आएका सन्दीपको पहिलो बलमा बज्लीले छक्का प्रहार गर्दा दोस्रो बलमा चौका प्रहार गरे।तेस्रो बलमा बज्लीले एक रन लिए।चौथो बलमा ज्याक विल्डरमुथलाई आउट गरे।पाचौ बलमा बज्लीले एक रन लिदा अन्तिम बलमा मार्क स्टेकेटीले छक्का प्रहार गरे।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi