१६ सदस्यिय भलिबल टिम सार्वजनिक

0
344

काठमाडौ। एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको नेपाली पुरुष टोलीका लागि बन्द प्रशिक्षणमा रहेका ४ खेलाडी बाहिरिएका छन्।

नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट चार खेलाडी बाहिरिएको जनाएको छ ।संघले पहिलो चरणमा ४ खेलाडी टिम बाहिर राख्दै १६ सदस्सीय टोली छनोट गरेको हो ।

पुरुष भलिबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

संघले १२ सदस्यीय अन्तिम टोली अर्को साता घोषणा गर्ने जनाएको छ ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।पुरुष टोलीले डच प्रशिक्षक हान नेतृत्वमा तयारी गरिरहेको छ ।

खेलाडी यसप्रकार रहेको छ :
१)इम राना
२)हरि हजुर थापा
३)मान बहादुर श्रेष्ठ
४)धन बहादुर भट्ट
५)राजेन्द्र बिष्ट
६)धिरज बस्नेत
७)टेक राज अवस्थी
८)हरि बहादुर अधिकारी
९)दुर्गा बहादुर खड्का
१०)भैरव बहादुर बम
११)दिपक राज जोशी
१२)रविन चन्द
१३)शरन समिर क्षेत्री
१४)विशाल विक
१५)ईश्वर थापा
१६)विनोद चन्द

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi